भारतमा भेटिए एकैदिन ११५० जना नयाँ कोरोना संक्रमित

एजेन्सी

आइतबार, ०४ बैशाख २०७९, ०९ : ४७
भारतमा भेटिए एकैदिन ११५० जना नयाँ कोरोना संक्रमित

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ११५० नयाँ संक्रमित भेटिएका छन् । यो शनिबारको तुलनामा १७ प्रतिशतले वृद्धि हो ।

यसका साथै, यो संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यस्तै शनिबार ९७५ जनामा कोरोनाको संक्रमण देखिएको थियो र यसका कारण ४ जनाको मृत्यु भएको थियो । भारतमा कोरोना संक्रमितको कूल संख्या ४।३० करोडभन्दा बढी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस