बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
छविसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदैै गरेको से१ज ६७६ नम्बरको जिपमाथि भिरबाट ढुङ्गा खस्दा जिप ४०० मिटर तल सेती नदीमा खसेको हो ।
चालक छविसपाथिभेरा गाउँपालिका–३ बामनडाँडाका ५० वर्षीय जयबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।
चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमखेत ल्याइँदै छ । जिपमा अरू कोही पनि सवार नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ३० चैत्र २०७८, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजधानीमा स्कुटर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
म्याग्दीमा जिप दुर्घटना, १ महिलाको मृत्यु, ३ जना घाइते
सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
हेटौँडातर्फ जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
सर्लाहीको बाँके जंगलमा बस दुर्घटना, १९ जना घाइते