एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन् ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले सर्वसाधारणको हत्या भएको थियो र रूसी ट्यांकले मानिसहरूलाई ‘आनन्दको लागि’ कुचेको बताए ।
बुचा सहरमा सडकमा लडिरहेका शवहरूको भयानक तस्बिरहरूको विश्वव्यापी निन्दा भएको छ । सुरक्षा परिषदमा भिडियो लिंकमार्फत आफ्नो भाषणपछि जेलेन्स्कीले मृत युक्रेनीहरूको तस्बिरहरूको ग्राफिक भिडियो देखाएका थिए । ‘रूसी सेनाले हाम्रो देशको सेवा गर्ने जो कोहीलाई खोजी र जानाजानी मा¥यो’, उनले भने ।
संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्जियाले रुसी सेनाले अत्याचार गरेको कुनै प्रमाण नभएको दाबी गरे । ‘हामीले फेरि एक पटक रुसी सैनिक र सेनाको बारेमा ठूलो मात्रामा झूट सुनेका छौं’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २३ चैत्र २०७८, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसले शान्ति वार्ता रोक्न ‘जति सकिन्छ त्यति प्रयास’ गरिरहेको छ : जेलेन्स्की
‘पुटिनले हामीलाई मूर्ख बनाउन सक्दैनन्’ : जेलेन्स्की
अमेरिका चुप लाग्दा रुसको मनोबल बढेको जेलेन्स्कीको गुनासो
जेलेन्स्कीले सार्वजनिक गरे बैठकका योजना
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन
जेलेन्स्कीसँग भेटेपछि ट्रम्पले भने- पुटिन युद्ध समाप्त होस् भन्ने चाहँदैनन्