बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०४ चैत्र २०७८, १५ : ५९
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–१ भत्केकोपुल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ घर भएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मा छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

उच्च अदालत पाटनको २०७८ फागुन १० गते बैंकिङ कसूर मुद्दामा उनलाई २० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर गरेको थियो । अदालतले फैसला सुनाएपछ विश्वकर्मा फरार रहेका थिए । उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं टोखाबाट पक्राउ गरेको हो । 

विश्वकर्माले बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएका थिए । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस