मकवानपुर । मकवानपुरको मनहरीमा आज भएको यात्रुबस दुर्घटनामा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको मनमहरि गाउँपालिका–६ मा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–४ निवासी २२ वर्षीय सुवास श्रेष्ठ र उक्त बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरीका अनुसार हेटौँडाबाट चितवनतर्फ गइरहेको ना४ख ४४५४ नंको बस आज बिहान ८ः३० बजे मनहरि ६ को कुलचोकमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको भएको मनहरीस्थित इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण नआइसकेको र दुर्घटनाको कारण पनि खुल्न नसकेको उनको भनाइ थियो । घाइते भएकाहरूलाई चितवन अस्तपल पठाइएको र मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०४ चैत्र २०७८, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते