मकवानपुर । मकवानपुरको मनहरीमा आज भएको यात्रुबस दुर्घटनामा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको मनमहरि गाउँपालिका–६ मा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–४ निवासी २२ वर्षीय सुवास श्रेष्ठ र उक्त बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरीका अनुसार हेटौँडाबाट चितवनतर्फ गइरहेको ना४ख ४४५४ नंको बस आज बिहान ८ः३० बजे मनहरि ६ को कुलचोकमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको भएको मनहरीस्थित इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण नआइसकेको र दुर्घटनाको कारण पनि खुल्न नसकेको उनको भनाइ थियो । घाइते भएकाहरूलाई चितवन अस्तपल पठाइएको र मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०४ चैत्र २०७८, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त
धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो, २८ जना घाइते
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते
दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरमा उद्धार
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु