कोरोना अपडेट : थप ६५ जनामा संक्रमण पुष्टि, १९२ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

आइतबार, २९ फागुन २०७८, १६ : २९
कोरोना अपडेट : थप ६५ जनामा संक्रमण पुष्टि, १९२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९४७ जनामा परीक्षण गर्दा ६५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।  

त्यस्तै, आज कोरोना संक्रमणबाट थप कुनै पनि व्यक्तिको मृत्यु भएको खबर छैन भने १९२ कोभिडमुक्त भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ४ हजार ९१७ रहेको छ ।