काठमाडौं । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी आयोजना गर्न लागेको एकमहिने अभियानको अन्तिम तयारीमा जुटेको छ । यही फागुन २९ गतेदेखि कांग्रेसले ‘घरघर जाऊ, कांग्रेस जिताऊ’ भन्ने एकमहिने अभियान सञ्चालन गर्न लागेको छ ।
यो अभियानलाई कांग्रेसले संगठन सुदृढीकरण अभियानका रूपमा समेत लिएको छ । एकमहिने अभियान सञ्चालनको अन्तिम तयारीका रूपमा कांग्रेस सभापतिसहित शीर्ष नेताहरूले मगलबार पनि छलफल गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम गत २० गतेदेखि नै यो अभियान सञ्चालन गर्ने भनिए पनि स्थगित भएको थियो ।
एकमहिने अभियानका साथ स्थानीय निर्वाचनको प्रचारबारे मंगलबार भएको शीर्ष नेताबीचको छलफलमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई निर्देशन दिएका थिए ।
बैठकमा सहभागी एक नेताले जानकारी दिएअनुसार सभापति देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग पनि राम्रो व्यवहार गर्न निर्देशन दिएका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २५ फागुन २०७८, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?