कोरोना अपडेट : थप ९१ जनामा संक्रमण पुष्टि, ३६२ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शनिबार, २१ फागुन २०७८, १६ : ४९
कोरोना अपडेट : थप ९१ जनामा संक्रमण पुष्टि, ३६२ जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ६६२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६७ जना र ३ हजार ५५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ९७८ पुगेको छ । सोही अवधिमा २ लाख ८६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ६ हजार ९४७ जना सक्रिय संक्रमितहरुका रहेका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ६२ जना निको भएर घर फर्किएका छन् । 

प्रतिक्रिया दिनुहोस