झापा । पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक युवाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति रोकिराखेको ट्रकमा तीव्रगतिमा आइरहेको मोटरसाइकल ठोक्किँदा सुनसरी घर भएका अन्दाजी ३५ वर्षीय हमिद मियाँ अन्सारीको ज्यान गएको हो ।
ताराबारीस्थित पेट्रोलपम्प नजिकै रोकेर हावा भर्दै गरेको ट्रकमा पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा आगो लागेको थियो । घटनाबारे थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २१ फागुन २०७८, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्याग्दीमा जिप दुर्घटना, १ महिलाको मृत्यु, ३ जना घाइते
सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
हेटौँडातर्फ जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
सर्लाहीको बाँके जंगलमा बस दुर्घटना, १९ जना घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते