कोरोना अपडेट: थप एक सय ५ जनामा संक्रमण पुष्टि, तीन जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, १७ : २७
कोरोना अपडेट: थप एक सय ५ जनामा संक्रमण पुष्टि, तीन जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनामा परीक्षण गर्दा एक सय ५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट तीन जनाको ज्यान गएको छ । यस्तै, ३२० कोभिडमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस