गम्भीर अपराधमा अधिकतम सजाय हुनुपर्ने – सर्वोच्च अदालत

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १६ : ४८
गम्भीर अपराधमा अधिकतम सजाय हुनुपर्ने – सर्वोच्च अदालत

 काठमाडौं । सर्वोच्च अदालतले जबर्जस्ती करणी बलात्कारसम्बन्धी मुद्दामा न्यूनतम सजाय नभई अधिकतम सजाय गर्नुपर्ने नजीर प्रतिपादन गरेको छ ।

पीडितमाथि लाञ्छना लगाई कसूरदारको कैद सजाय घटाउने उच्च अदालतको फैसला उट्याउदै सर्वोच्चले सजायमा उदारता देखाएर दण्डहीनतालाई प्रश्रय नदिन ध्यानाकर्षण गराएको हो ।


आफ्नै विद्यार्थीको अपहरण र बलात्कार गरेको कसूरमा जिल्ला अदालत धनुषाले आरोपितलाई बलात्कार मुद्दामा मात्रै १० कैद सजाय सुनाएको थियो । उच्च अदालतले बलात्कार मुद्दामा दोषी ठहर त गर्‍यो, त आठ वर्षमात्रै कैद सजाय गरे ‘न्यायको मकसद पूरा हुने’ भन्दै जिल्लाले गरेको कैद सजाय दुई वर्ष घटाइदियो ।

दुवै अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा आरोपिलाई दोषी ठहर गरेका थिएनन् । यही मुद्दामा सर्वोच्च अदालतले कसूर निर्धारणमा प्रश्न उठाउदै आरोपितलाई १७ वर्ष कैद सजाय सुनाएको हो ।


 

प्रतिक्रिया दिनुहोस