कहिले सकिन्छ बुटवल–नारायणगढ सडक विस्तारको  काम

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १६ : ३५
कहिले सकिन्छ बुटवल–नारायणगढ सडक विस्तारको  काम

चितवन  । नारायणगढ–बुटवल सडक अहिलेसम्म पनि बन्न सकेको छैन। त्यसैले गर्दा यात्रा पनि कष्टपूर्ण नै हुने गरेको छ ।  समयम सडक  निर्माणको काम सम्पन्न हसन नसक्दा यात्रुहरु घण्टौ सवारी जाम,अत्याधिक  धुलो हुदाँ समस्यामा पर्ने गरेका छन् ।  निर्माणका क्रममा भत्किएको बाटो र पक्की पुल निर्माणका लागि बनाइएका डाइभर्सनका कारण सडकको यात्रा निकै पट्यार लाग्दो हुन्छ । 
यो सडक खण्डलाई एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर सम्झौता भएको ३६ महिना पूरा भयो। ४२ महिनाभित्र काम सम्पन्न गर्नेगरी २०७५ सालको माघ २४ गते सम्झौता भएको सडकको प्रगति अहिलेसम्म करिब १५ प्रतिशतमात्रै छ ।
पानी पर्दा हिलो, घाम लाग्दा धुलो महिनौंदेखि यो सडकको पहिचान बनिरहेको छ। त्यसमाथि पटक–पटक डाइभर्सन नै बगेर भएको राजमार्ग बन्दको सास्ती त कति हो कति।

राजमार्ग विस्तारमा भएको ढिलाइका कारण व्यापारीहरू पनि मारमा परेका छन्।२०१८ सालमा तत्कालीन राजा महेन्द्रले गैंडाकोटमा शिलान्यास गरेको सडक ५७ वर्षपछि फराकिलो हुन थालेको हो।अहिले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ।

विस्तार कार्यको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवलमा गरेका थिए।हाल दुई लेन रहेको नारायणगढ(बुटवल सडक खण्डलाई विस्तार गर्दै कतै चार लेन, कतै ६ र तीन लेनको बनाउन लागिएको छ।गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ। १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहने छ।यो सडकले रूपन्देही, नवलपरासी ९बर्दघाट–सुस्तापश्चिम० र नवलपरासी बर्दघाट–सुस्तापूर्व गरी तीन जिल्लालाई छुन्छ। सडक विस्तारका क्रममा अहिले पुल, कल्भर्ट, निर्माण, ड्रेन निर्माण तथा सडक किनारमा माटो भर्ने काम भइरहेको छ। कतिपय स्थानमा सबै काम सकेर कालोपत्रे सुरू गर्ने तयारी भएको छ। 

प्रतिक्रिया दिनुहोस