कोरोना अपडेटः थप ४७६ जनामा संक्रमण पुष्टि, तीन जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १० फागुन २०७८, १७ : ०६
कोरोना अपडेटः थप ४७६ जनामा संक्रमण पुष्टि, तीन जनाको मृत्यु

काठमाडौं । नेपालमा ४७६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४२४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । मन्त्रालयले ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ र २ हजार ८२० जनाको एन्टीजेन परीक्षण गर्दा १७७ जनामा सससंक्रमण देखिएको हो ।

मन्त्रालयले आज ८३१ जना संक्रमित डिस्चार्ज भएको जनाएको छ । यस्तै आज थप तीन जनाको मृत्यु भएको छ ।आज देशभरी १० हजार ७४७ ससससक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस