कोरोना अपडेट : थप ४३७ जनामा संक्रमण पुष्टि, दुईजनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०६ फागुन २०७८, १६ : ५०
कोरोना अपडेट : थप ४३७ जनामा संक्रमण पुष्टि, दुईजनाको मृत्यु

काठमाडौं । नेपालमा आज ४३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयले ५ हजार १३३ जनाको पीसीआर गर्दा २७५ र ३ हजार ९५८ जनाको एन्टीजेन परीक्षण गर्दा १६२ जनामा कोरोना पुष्टि भएको जनाएको छ।यस्तै आज थप २४५४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

थप दुईजनाको मृत्यु भएको छ । आज देशभरी १४ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस