कोरोना अपडेट: थप ५७० जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०५ फागुन २०७८, १६ : ३१
कोरोना अपडेट: थप ५७० जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट ७ हजार २८ र एन्टिजेन विधिबाट २ हजार ७६१ जनामा परिक्षण गर्दा ५७० जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ८५७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार २५०  जना पुगेको छ।  

यस्तै, आज थप १ हजार ९९३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ लाख ४६ हजार ३३० जना पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९११ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६१६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस