मन्त्रिपरिषदको बैठक पछि गठबन्धनको बैठक बस्ने

सफल खबर संवाददाता

विहीबार, ०५ फागुन २०७८, ११ : ४३
मन्त्रिपरिषदको बैठक पछि गठबन्धनको बैठक बस्ने

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा २ बजेपछि बस्ने बैठकले एमसीसी सम्झौता संसदमा लैजाने विषयमा निर्णय गर्नसक्ने बताइएको छ ।

त्यस्तै नियमित बैठक भएकाले विभिन्न मन्त्रालय अन्तर्गतका नियमित कार्यसूचीबारे बैठकले निर्णय लिनेछ । विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिलगायतका विषयमा पनि बैठकमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

यस्तै सत्तारुढ गठबन्धनको बैठक सरेको छ । अमेरिकी सहायता परियोजना एमसीसीबारे निर्णायक छलफल गर्न दिउँसो बोलाइएको गठबन्धनको बैठक सरेको हो ।

विहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएपछि बैठक सार्ने निर्णय भएको हो । अब बैठक ५ बजे बालुवाटारमा बस्नेछ ।