कोरोना अपडेट: थप ६३९ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०४ फागुन २०७८, १६ : ३३
कोरोना अपडेट: थप ६३९ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप  ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट ६ हजार ७८२ र एन्टिजेन विधिबाट २ हजार ९७४ जनामा परिक्षण गर्दा ६३९ जनामा कोरोना संक्रमण देखिएको हो । 

यस्तै, आज थप १ हजार ६०० जना कोरोना संक्रमण मुक्त भएका छन्  भने थप ३ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९०५ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस