कारोना अपडेट: थप ५ सय २१ जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०१ फागुन २०७८, १६ : ३४
कारोना अपडेट: थप ५ सय २१ जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ जनाको पिसिआर परीक्षण गर्दा ४२७ जना र ४ हजार ७८जनाको एन्टिजेन परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको हो । 

सोही अवधिमा ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् भने १० संक्रमितले ज्यान गुमाएका छन् । आज थपिएकासँगै देशभर सक्रिय संक्रमित संख्या २२ हजार ५८४ रहेको छ ।  

प्रतिक्रिया दिनुहोस