कोरोना अपडेट : थप ११ सय २८ जनामा संक्रमण, १४ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २८ माघ २०७८, १६ : २३
कोरोना अपडेट : थप ११ सय २८ जनामा संक्रमण, १४ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ११ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४ सय ४७ जनाको पिसिआर परीक्षण गर्दा ६६६ जना र ३ हजार ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो । 

सोही अवधिमा २ हजार २ सय  १५ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १४ संक्रमितले ज्यान गुमाएका छन् । 

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित संख्या २७ हजार ४४१ रहेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ ।