काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले २४ जना पदाधिकारी मनोनीत गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले आइतबार पार्टीको विधानअनुसार पदाधिकारी, विभाग प्रमुख र केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा गरी ३० जना विभिन्न नेतालाई जिम्मेवारी बाँडफाँट गरेका हुन् ।
पदाधिकारीतर्फ उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरी मनोनीत भएका छन् । यस्तै, महामन्त्रीमा ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रह्लादप्रसाद साहलाई लिङ्देनले मनोनीत गरेका छन् ।
यसैगरी, सहमहामन्त्री बाराका मोहनप्रसाद यादव, कालिकोटका धनबहादुर बुढा, अछामका श्यामबहादुर शाही, काठमाडौंका प्रकाश रिमाल, भक्तपुरका रवीन्द्रप्रताप शाह, नुवाकोटका झनक प्याकुरेल र चितवकी रीना गुरुङ मनोनीत भएका छन् ।
यस्तै, पार्टी प्रवक्तामा चार जना नेतालाई मनोनीत गरिएको छ । प्रवक्तामा झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाललाई मनोनीत गरिएको हो ।
यसैगरी, सहायक महामन्त्रीमा जुम्लाका रमानन्द न्यौपाने दोलखाका विजय खड्का, डोटीका प्रेम बलायर, बाँकेका ऋषिराज देवकोटा, रूपन्देहीका ताहिर अलि, नुवाकोटका दीपककुमार राई मनोनीत भएका छन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १७ माघ २०७८, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने