उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१ जोगिदह रुपनीमा खेत जोतेर आउँदै गरेको ट्याक्टर पल्टिँदा एक बालकको ज्यान गएको छ ।
खेत जोतेर घर आउँदै गरेको स१त ४२९३ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएको त्रियुगा नगरपालिका-१ रुपनीका सत्यनारायण चौधरीका १० वर्षीय छोरा नितेश चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो ।
शनिबार राति ८ बजेतिर खेत जोतेर छोराहरूलाई लिएर आउँदै गरेको ट्याक्टर घर नजिकै पल्टिँदा चालक बुबा सत्यनारायण चौधरी, अर्का छोरा १२ वर्षीय निमिष चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
घाइते निमिष चौधरीको बायाँ कम्मरमा र दुवै खुट्टामा चोट लागेको छ भने ट्याक्टर चालकको दाहिने हातमा चोट पटक लागेको छ । उनीहरू दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ माघ २०७८, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मनकामना दुर्घटना अपडेटः घाइतेको उद्धार ,७ जनाको घटनास्थलमै मृत्यु
दुर्घटनामा जिप चालकको मृत्यु
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु