थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग तीव्र, अहिलेसम्म कति खनियो ?

पत्रपत्रिकाबाट

शनिबार, १५ माघ २०७८, ०७ : ५६
थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग तीव्र, अहिलेसम्म कति खनियो ?

काठमाडौं । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग खन्ने काम ४३ प्रतिशत पूरा भएको छ।

आयोजनाका प्रमुख नरेशमान शाक्यले अहिलेसम्म ४३ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भएको बताए ।

अहिलेसम्म समग्र आयोजनाको भौतिक प्रगति ३० प्रतिशत रहेको छ। आपत्कालीन सुरुङ खन्ने काम वैशाखसम्म र मुख्य सुरुङ खन्ने काम साउनसम्म सम्पन्न हुने उनले जानकारी दिए । 

अहिले प्रतिमहिना तीन सय मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ।

यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माणाधीन थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस