काठमाडौं । सरकारले निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाका लागि जापान सरकारबाट थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको हो ।
सुरुङमार्गको भौतिक कार्य प्रगति करिब ८५–८७ प्रतिशत र आर्थिक प्रगति भने लगभग ७६.६८ प्रतिशत पुगेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ साउन २०८२, ०८ : ०८
लेखकबाट थप