बीमा गर्नेको संख्या बढ्यो

पत्रपत्रिकाबाट

शुक्रबार, १४ माघ २०७८, ०८ : ५०
बीमा गर्नेको संख्या बढ्यो

काठमाडौं । गत  आर्थिक  वर्षको  तुलनामा  चालू आर्थिक  वर्षको  पहिलो  पाँच  महिनामा  बीमालेखको  सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । चालू  आर्थिक  वर्षको  मङ्सिर  मसान्तसम्ममा  ९६  लाख १९  हजार  ४४७  बीमालेख  जारी  भएको  छ।  यीमध्ये  जीवन बीमालेखको  सङ्ख्या  नौ  लाख  नौ  हजार  १५३  रहेको  छ  भने वैदेशिक रोजगार बीमालेखको सङ्ख्या छ लाख १० हजार २९४ रहेको छ। 

गत  आर्थिक  वर्षको  सोही  अवधिमा  कुल  बीमालेखको सङ्ख्या  पाँच  लाख  ७६  हजार  ४७२  रहेको  थियो।  प्रथम बीमा  शुल्क,  नवीकरण  बीमा  शुल्क  र  वैदेशिक  रोजगार  बीमा शुल्कसमेत  गरी  मङ्सिर  मसान्तसम्म  ५७  अर्ब  ७९  करोड  ५६ लाख  रुपियाँ  बीमा  शुल्क  उठेको  छ।  अघिल्लो  वर्षको  सोही अवधिमा ११ अर्ब १६ करोड ६८ लाख रुपियाँ मात्र बीमा शुल्क सङ्कलन भएको थियो।

चालू  आर्थिक  वर्षको  मङ्सिर  मसान्तसम्म  सबैभन्दा  बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १५ अर्ब ४४ करोड ९९ लाख रुपियाँ  बीमा  शुल्क  उठाएको  छ।  यो  कम्पनीले  १०  लाख  ७८ हजार  ७०  बीमालेखबाट  उक्त  बीमा  शुल्क  उठाउन  सकेको  हो। अघिल्लो  वर्षका  मङ्सिरमा  भने  कम्पनीले  दुई  अर्ब  ९  करोड ६३ लाख रुपियाँ बीमा शुल्क उठाएको थियो। यो अवधिमा जम्मा १२ हजार ४३४ बीमालेख जारी भएको थियो। लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले मङ्सिर मसान्तसम्म छ अर्ब ५ करोड ० लाख रुपियाँ सङ्कलन गरेको छ।

कम्पनीले यो अवधिससम्म छ लाख ९९ हजार ९०० बीमालेख जारी गरेको छ। त्यस्तै नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले समीक्षा अवधिमा पाँच अर्ब ६४ करोड ७ लाख रुपियाँभन्दा बढी बीमालेख जारी गरेको  छ।  अघिल्लो  वर्षको  सोही  अवधिमा  जम्मा  एक  अर्ब १०  करोड  ७४  लाख  रुपियाँको  बीमा  शुल्क  उठाएको    थियो। कम्पनीबाट छ लाख ४१ हजार ६२० बीमालेख जारी गरेको छ। राष्ट्रिय  बीमा  संस्थानले  चालू  आर्थिक  वर्षको  मङ्सिर मसान्तसम्म  पाँच  अर्ब  ६५  करोड  १०  लाख  रुपियाँ  बीमा  शुल्क उठाउन सकेको छ। संस्थानमा सात लाख छ हजार १०० जनाले बीमा  गरेको खबर गोरखापत्रमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस