काठमाडौं । सरकारले राजस्व छली गर्नेविरुद्ध कडाइ गर्दै धमाधम मुद्दा दायर गरेको छ। विभागले ६ महिनाको अवधिमा ५ अर्ब रूपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।
राजस्व चुहावट, छली, विदेशी विनिमय अपचलन लगायत कडाइ गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। ‘विभागको जिम्मेवारी अनुसार सबै मुद्दा प्राथमिकतामा छन्,’ पौडेलले भने, ‘विभागले सक्रियताका साथ काम गर्दा करिब पाँच अर्ब रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेका छौं।’
विभागले मंगलवार मात्र गैरकानुनी रूपमा विदेशी विनिमयको कारोबार गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चारजनाविरुद्ध ३७ करोड ६४ लाख ११ हजार रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। राजस्व छलीमा अनुसन्धानलाई प्राथमिकतामा राख्दै आएको विभागले पछिल्लोपटक विदेशी विनिमय अपचलनलाई पनि प्राथमिकतामा राखेको छ।
विभागले कैलालीको लम्कीचुहा नगरपालिका–१० घर भई काठमाडौंको कालोपुल गुरूङटोल बस्ने दिनेश खड्का, उनकी दिदी भगवती, बुवा नरबहादुर र दिनेशकी केटी साथी अनिता धितालविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरूमाथि विदेशी मुद्दा अपचलन गरेको आरोप छ। विभागले विदेशी विनिमय ९नियमित गर्ने० ऐन २०१९ सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १४ माघ २०७८, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेटौँडा उपमहानगर : एकै महिनामा तीन करोड ५० लाख राजस्व
यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो
बुटवलका २ व्यापारीविरुद्ध राजस्व छली मुद्दा दायर
सवारी कारबाहीबाट खोटाङमा झण्डै ५० लाख राजस्व सङ्कलन
यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन
गत वर्ष भन्दा १ खर्ब २० अर्ब राजस्व वृद्धि