टिपरको ठक्करबाट काठमाडौंमा मोटरसाईकल चालकको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०५ माघ २०७८, १० : ४४
टिपरको ठक्करबाट काठमाडौंमा मोटरसाईकल चालकको मृत्यु

काठमाडौं । टिपरले मोटरसाईकललाई ठक्कर दिदा काठमाडौंमा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ पथरीका २७ वर्षीय प्रकाश लिम्बु छन्। 
मंगलबार राति ११ बजे तीनकुनेबाट कोटेश्वर जाँदै गरेको प्रदेश३०२६प १८२४ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो। ना १ क ४५०२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा लिम्बु सख्त घाइते भएका थिए।

उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । मोटरसाइकलको पछाडि बसेका काभ्रेका ३१ वर्षीय देव लामा दुर्घटनामा गम्भीर घाइते भएका छन् । मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर कीर्तिपुरको सुन्दरीघाटबाट समातिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस