कोभिड नियन्त्रणमा सरकारी निर्णयको कार्यान्वयन फितलो

सफल खबर संवाददाता

मंगलबार, ०४ माघ २०७८, १९ : ३५
कोभिड नियन्त्रणमा सरकारी निर्णयको कार्यान्वयन फितलो

काठमाडौँ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस र सरकारी निर्णयको कार्यान्वयन फितलो भएपछि थप प्रभावकारी बनाउने निर्णय भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृहमन्त्रालयमा आज भएको बैठकले उक्त निर्णय गरेको हो । 

सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने व्यवस्था कार्यान्वयनका लागि सिफारिस गरेको थियो । सोही आधारमा सरकारले गरेको निणर्यलाई प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई आग्रहसमेत गरिएको छ ।

बैठकमा गृहमन्त्री खाँणले कोभिड महामारी रोकथाम र नियन्त्रणमा सरकार गम्भीर र संवेदनशील रहेको बता्ए। कोभिडबाट नागरिकलाई बचाउने दायित्व सरकारको भएको भन्दै उनले त्यसबारे संवेदनशील भएर काम गर्न निर्देशन पनि दिए। 

बैठकमा गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलगायतको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस