पिएम कप: पुलिसले बागमतीलाई दियो १५६ रनको लक्ष्य

सफल खबर संवाददाता

मंगलबार, ०४ माघ २०७८, ११ : ४१
पिएम कप: पुलिसले बागमतीलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप टि–ट्वेन्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई जितका लागी १५६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो सेमिफाइनल खेलमा टस जितेर ब्याटिङ गरको पुलिसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५५ रनको योगफल तयार गर्यो ।

पुलिसका पवनले सर्वाधिक ५९ रन बनाए । त्यस्तै दीलिप नाथले ३१, अनिल साहले २५ र आरिफ शेखले १२ रन जोडे । बागमतीका नन्दन यादव र रिजन ढकालले २–२ विकेट लिँदा प्रतिश जिसीको नाममा १ विकेट रह्यो ।

प्रतियोगितामा अपराजित रहेको पुलिस समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । त्यस्तै, बागमतीले समूह बी को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरको हो ।

आजै हुने दोस्रो सेमिफाइनल खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ समूह ‘बी’ को विजेता टोली हो भने आर्मी समूह ‘ए’ को उपविजेता टोली हो ।

प्रतिक्रिया दिनुहोस