तीन न्यायाधीशसहित २५ जनालाई कोरोना

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, २० : ०३
तीन न्यायाधीशसहित २५ जनालाई कोरोना

जनकपुर । जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासमा कार्यरत तीन न्यायाधीश, रजिष्टार र अरू कर्मचारी गरी २५ जनालाई कोरोना संक्रमण देखिएको छ।
न्यायाधीश सीताराम मण्डल, साधुराम सापकोटा, लेखनाथ पौडेल र आफूसहितको परीक्षण गर्दा आजै सबैमा कोरोना संक्रमण देखिएको रजिष्टार गजेन्द्र बहादुर सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस