काठमाडौँ । उद्योगी व्यवसायीहरूको छाता संस्थामध्ये एक नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले एकतर्फी रूपमा निजी क्षेत्रको चरित्रहत्या र मानमर्दन भएको दाबी गरेको छ ।
मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फी प्रहार हुनु चिन्ताको विषय भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालनसम्बन्धी विवादमा बतास अर्गनाइजेसन मुछिएपछि एफएनसीसीआईले विज्ञप्ति निकालेको हो । बतासमाथि एकतर्फी प्रहार भएको पनि सो संस्थाको दाबी छ । एफएनसीसीआईले विज्ञप्तिमा लेखेको छ, ‘बतास अर्गनाइजेसनले सरकारले आह्वान गरेको टेन्डरमा कानूनी रूपमा सहभागी भइ आवश्यक भाडा बुझाउने शर्तमा क्याप्mटेरिया संचालनको अनुमति पाएको हो ।
सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैरकानुनी र आपराधिक गतिविधि नभएकोतर्पm महासंघ सबैको ध्यानाकर्षण गराउन चाहन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० पुस २०७८, १८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो
नेप्सेमा एक कम्पनीको १० प्रतिशत बोनस शेयर
नेप्से ८.९० अकंले बढ्दा कारोबार १ अर्ब ३२ लाख
निर्वाचनले आर्थिक गतिविधि बढाउँछ तर अर्थतन्त्रमा सुधार गर्दैन : अर्थविद् डा.अधिकारी
राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन
पाँच महिनादेखि भैरहवा भन्सार आयातमा गिरावट, लक्ष्य पार गर्न सकस