सीसीएमसी प्रमुख रामप्रसाद थपलियालाई कोरोना

सफल खबर संवाददाता

विहीबार, २९ पुस २०७८, १७ : ३५
सीसीएमसी प्रमुख रामप्रसाद थपलियालाई कोरोना

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) प्रमुख रामप्रसाद थपलियालाई कोरोनाभाइरस संक्रमण भएको छ ।

उनी नेतृत्वको अघिल्लो बैठकले विद्यालय बन्द लगायत १३ बुँदे सिफारिसका आधारमा सरकारले १५ माघसम्म विद्यालय बन्द गरेको थियो । तर, थपलियालाई कोभिड देखिएपछि त्यसयता सीसीएमसीको बैठकसमेत बस्न सकेको छैन । 

उक्त बैठकमा सहभागीहरू कन्ट्रयाक ट्रेसिङमा छन् । प्रधानमन्त्री कार्यालका सचिव शिशिरकुमार ढुंगाना र काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई यसअघि कोभिड पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस