काठमाडौं । उपत्यकाका किशोर–किशोरी विद्यार्थीलाई दिने भनिएको साढे चारलाख जोड खोपमध्ये बुधबारसम्ममा करिब ४० प्रतिशत वितरण भएका कारण खोपको लक्ष्य पूरा हुने निश्चितता बढेको छ, तर कोरोना संक्रमणले गति बढाएका कारण विद्यालय खुल्ने भने निश्चितता छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१७ उमेर समूहका किशोर–किशोरी लक्षित खोप गत शुक्रबारदेखि लगाउँदै आएको छ । भक्तपुरमा मोडर्ना तथा काठमाडौं र ललितपुरमा फाइजर खोप लगाइँदैछ ।
तीनै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुखका अनुसार भक्तपुरमा करिब ८० प्रतिशत तथा काठमाडौं र ललितपुरमा करिब ४० प्रतिशत खोप लगाइसकिएको छ । काठमाडौं र ललितपुरले मंगलबारबाट खोप अभियान शुरू गरेको हो । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २९ पुस २०७८, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले गरे माइतीघरमा प्रदर्शन
देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
दलीय विद्यार्थी संगठन हटाउने सरकारको घोषणा, स्नातकसम्म अध्ययन गर्न नागरिकता नचाहिने
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा