काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको संसद सचिवालयका एक कमर्चारीले बताए । सचिवालयले बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित गर्दैछ ।
संसद बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । सभामुख सापकोटाले विहान ११ः३० बजे शंकर हलमा कार्यव्यवस्थाको बैठक बोलाएका थिए । संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ पुस २०७८, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ दललाई चुनाव चिह्न प्रदान
प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका
प्रतिनिधिसभा निर्वाचन : राप्रपाले गरायो दल दर्ता
प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखले आज दलहरूसँग छलफल गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
निजामती विधेयकको सन्देश प्रतिनिधिसभालाई प्राप्त