बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाको सीमा क्षेत्रबाट बग्ने बिरिङ खोलाको पुल निर्माण थालिएको ११ वर्षसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले शुल्क तिरेर बाँसको पुल तर्न बाध्य भएका छन् ।
पुल नबन्दा राजगढबाट झापा गाउँपालिका जाने र झापा गाउँपालिकाको पन्थापारा हुँदै किनमेलका लागि सीमापारि पुग्ने नागरिकले सास्ती खेप्दै आएका छन् । स्थानीय बाँसको भाटाबाट बनाइएको पुलमा कर तिरेर तर्न बाध्य छन् । खोलामा बाँसको पुल निर्माण गरी प्रतिव्यक्ति १०, प्रतिसाइकल २० र प्रतिमोटरसाइकल एक सय रुपियाँसम्म ठेकेदारले रकम असुल्दै आएका छन् ।
बिरिङ खोलामा चार वर्षमा सक्ने भनेर थालिएको पुल लगभग ११ वर्ष बितिसक्दासम्म निर्माणको आधा पनि काम भएको छैन । लामा मैनाचुली जेभी काठमाडौँले २०६८ वैशाखमा १५ करोड ५० लाख मूल्यमा लागेको ठेक्का अहिले अलपत्र जस्तै बनेको छ । यसरी वर्षौं बितिसक्दासमेत काम नभएकोमा स्थानीय आक्रोसित बनेका छन् ।
तीन सय १९ मिटर लम्बाइको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नु पर्ने थियो । पटक पटक म्याद थप गर्दासमेत पुल निर्माण भएको छैन । पुल नजिक हुलाकी सडकको काम धमाधम बन्न थालेको छ तर पुल नबन्दा मानिसले वर्षामा डुङ्गा र हिउँदमा बाँसको पुलको जोखिम यात्रा गर्दासमेत हिंड्दा पैसा तिर्नुपर्ने बाध्यता हट्न सकेको छैन । लामो समयपछि गत वर्ष एउटा स्पानमा ढलाई भएको छ । गोरखापत्र दैनिकमा खबरछ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १८ पुस २०७८, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
माडी–ठोरी सडकखण्डमा निर्माणाधीन पुलको ठेक्का तोडियो
चितवनको कयरखोलमा पक्की पुल निर्माण हुँदै
सत्र करोडमा पक्की पुल निर्माण
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
नारायणी पुलमा आज राति गाडी चलाउन रोक