जम्मु–कश्मीरको वैष्णो मन्दिरमा भागदौडमा मच्चिँदा १२ जनाको मृत्यु, २० घाइते

एजेन्सी

शनिबार, १७ पुस २०७८, १० : ४२
जम्मु–कश्मीरको वैष्णो मन्दिरमा भागदौडमा मच्चिँदा १२ जनाको मृत्यु, २० घाइते

एजेन्सी । भारतको जम्मू–कश्मीरस्थित माता वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको ज्यान गएको छ। अरु २० जना घाइते भएका छन्।

त्रिकुटा पहाडमा रहेको मन्दिरको गर्भगृहको बाहिर दर्शनका लागि भेला भएका श्रद्धालुहरुको भीडमा भागदौड मच्चिएको हो। समाचार संस्था एएनआईले स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार शनिबार बिहान पौने तीन बजेतिर घटना भएको हो।

दर्शनार्थीबीचको विवादको क्रममा धकेलाधकेल भएको र त्यसले भागदौडको अवस्था आएको हो।

प्रतिक्रिया दिनुहोस