काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएको प्रश्न र जिज्ञासाको जवाफ दिएका छन् । उनले आएका सुझावलाई समेटिने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले विचारको विकास गर्न पार्टीले निर्वाचनलगतै विशेष महाधिवेशन गर्ने जनाए ।
विचारको विकासका लागि अझै अध्ययन, अनुसन्धान तथा बहसको आवश्यकता भएको र यो महाधिवेशनले प्रतिवेदनमार्फत त्यसको सुरुवात गरेको उनले बताए । अहिलेको दस्तावेजलाई पूर्ण दस्तावेजका रूपमा नबुझ्न आग्रह गर्दै उनले विशेष महाधिवेशनमा विशेष रूपले बहस तथा छलफल हुने दृढता व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षण गरेको बताए । उनले माओवादी शक्तिशाली भएर पुरानै अवस्थामा फर्किन्छ कि भन्ने चिन्ता बाहिर देखिएको जनाए । उनले नेपाली जनताका सपना पूरा गर्न आवश्यक परे जस्तोसुकै बलिदान गर्न तयार रहेको बताए । माओवादी आन्दोलन जतिसुकै बिग्रेको भए पनि क्रान्तिकारी पार्टी निर्माणका लागि जस्तोसुकै त्याग गर्न आफू तयार रहेको उनले स्पष्ट पारे ।
‘कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्लान् त रु चिल्लो गाडी छोड्न सक्लान् त ? काठमाडौंको रमझम छोड्न सक्लान् त रु भनेर पनि भन्ने गर्छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरूसँगै बस्न, मजदुरसँग खान, जनतामाँझ गएर बस्न कुनै गाह्रो छैन । यो पार्टीलाई क्रान्तिकारी पार्टी बनाउन, जस्तोसुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्नँ ।’ राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १७ पुस २०७८, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
के छन् माओवादी निकट जेनजी रेडफोर्सका मागहरू ? हेर्नुहोस् (विस्तृतमा)
राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन ‘प्रचण्ड’को आह्वान
सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल
‘परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन’: ’प्रचण्ड’
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ : प्रचण्ड
अन्तरिम सरकार कामभन्दा चुनाव गराउन केन्द्रित होस् : प्रचण्ड