सर्लाही । जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । सर्लाहीको नवलपुर–मलंगवा सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको हो । बाटो काट्दै गरेकी सोही स्थान निवासी अन्दाजी ५५ बर्षकी सैफुल खातुनलाई साइकलले ठक्कर दिएको थियो ।
साइकलको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी खातुनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने साइकल र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । यस्तै महिलाको शव परीक्षणको लागि जनकपुरस्थित अस्पतालमै राखिएको परिवारजनले जनाएका छन् ।
यस्तै सर्लाहीको ईश्वरपुरमा भएको सवारी दुर्घटनामा एक पुरुषको ज्यान गएको छ ।पूर्वपश्चिम लोकमार्गस्थित ईश्वरपुर नगरपालिका–१२, बाँके जंगलमा भएको सवारी दुर्घटनामा लालबन्दी नगरपालिका–७, बस्ने ५६ बर्षका भीम गुरुङको ज्यान गएको हो । सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । उन्को अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गएराति अबेर नम्बर नखुलेको सानो सवारीले उनीहरु सवार ना ३४ प ७० २१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घटनालगतै मोेटरसाईकल चालक लालबन्दी नगरपालिका–३, निवासी ४२ बर्षका जितन चौधरीलाई लालबन्दीस्थित मोडल अस्पताल पुर्याइएको थियो । उनको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका गुरुङलाई भने जिल्ला अस्पताल मलंगवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
घटनामा संलग्न ठक्कर दिने सवारी फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । मृतक गुरुङकोे शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ पुस २०७८, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनकामना दुर्घटना अपडेटः घाइतेको उद्धार ,७ जनाको घटनास्थलमै मृत्यु
दुर्घटनामा जिप चालकको मृत्यु
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त
धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो, २८ जना घाइते
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते