काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेसनमा क्षेत्रीय प्रतिनिधिको चुनावमा भाग लिन प्रेमभक्त रेग्मीले शिक्षक पदबाट राजीनामा दिए। उनी कैलालीको टीकापुर नगरपालिका–१ बाट क्षेत्रीय प्रतिनिधिमा चुनाव लडे तर पराजित भए। चुनाव हारे पनि सक्रिय राजनीतिमै लाग्ने भनेर राजीनामा दिएको रेग्मीले खुलाए।
‘राजनीति गर्न र शिक्षक पदमा पनि रहिरहन मलाई नैतिकताले दिएन त्यसैले राजीनामा दिएँ,’ काठमाडौंको नयाँसडकस्थित हिमालय माविका शिक्षक रेग्मीले नागरिकसँग भने, ‘तर कैलालीमा मेरा धेरै साथीहरू छन् जो क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएर पार्टीको कार्यकर्ताका साथै सरकारी विद्यालयको शिक्षक पदमा आसिन छन्।’ उनी थप्छन्, ‘राजनीति र शिक्षण साथसाथै लैजान सकिँदैन। यसले सामुदायिक विद्यालयमा नकारात्मक असर पार्छ। त्यही भएर कि त राजनीति गर्नू कि त शिक्षण गर्नू। यही नै मेरो र सबैको मान्यता हुनुपर्छ।’
रेग्मीमात्रै होइन, नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न सामुदायिक विद्यालयका शिक्षकले धमाधम राजीनामा दिन थालेको भेटिएको छ। सर्वोच्च तथा उच्च अदालतको आदेश र निर्वाचन आयोगको निर्देशनले राजनीतिमा लाग्ने शिक्षकलाई राजीनामा दिन नैतिक दबाबसमेत परेको छ।
राष्ट्रिय शिक्षक किताबखानाका महानिर्देशक रामराज खकुरेलले विगतमा भन्दा यसपटक राजीनामा दिने शिक्षक ह्वात्तै बढेको बताए। राजीनामा दिनेहरूका विभिन्न कारण भए पनि मुख्य कारण राजनीतिमा सक्रिय हुनकै लागि रहेको उनले सुनाए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १० पुस २०७८, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निम्न माध्यमिक तहको शिक्षक पदका लागि उम्मेदवार सिफारिस (सुचीसहित)
कालीकोटमा विषयगत शिक्षक पाउन कठिन
शिक्षक महासङ्घले आज ५ पार्टी कार्यालयमा धर्ना दिने
शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुन आन्दोलनमा जाने
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ