काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । ११–१३ पुसमा काठमाडौंको प्रज्ञा भवनमा हुने सम्मेलनमा १ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुँदै छन् ।
माओवादी केन्द्रको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । यद्यपि नेताहरूले विधान संशोधन गरेर पदाधिकारी संख्या बढाउने’दयगत छलफल गरिरहेका छन् ।
माओवादी केन्द्रले विधान परिमार्जन गर्न विधान मस्यौदा समिति गठन गरेको छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानमा आवश्यक परिमार्जन गर्न स्थायी कमिटीका सदस्य देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृकाप्रसाद यादव रहेको समिति गठन गरिएको छ ।
विधान मस्यौदा समितिका संयोजक गुरुङले सम्मेलनको हलबाट पारित हुने व्यवस्थाअनुसार पदाधिकारी चयन गरिने बताए । पदाधिकारी संख्या बढाउने’दयगत छलफल जारी रहेको बताउँदै उनले सम्मेलनले नै अन्तिम टुंगो लगाउने बताए ।
अध्यक्षमा दाहाल
माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल नै आउने भएका छन् । दाहालको विकल्पमा अर्को नेता नभएकाले उनी नै फेरि अध्यक्ष बन्नेछन् । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गुरुङले विगत तीन दशक बढी समयदेखि पार्टीको नेतृत्व गर्दै आएका नेता भएको ठाउँमा अर्को नेता आउने सम्भावना नभएको बताए ।
‘उहाँ (दाहाल) नै फेरि अध्यक्ष बन्नुहुन्छ । विगत तीन दशक बढी समयदेखि उहाँले पार्टीको नेतृत्व गर्दै आउनुभएको छ । उहाँ हुँदाहुँदै अर्कोले दाबी गर्ने सम्भावना छैन्,’ गुरुङले भने ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ पुस २०७८, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य