रंगशाला बनाउँछु भन्दै करोडौ उठाएका धुर्मुसले विद्युतको ८ लाख बक्यौता समेत तिरेनन्, काटियो लाइन

प्रकाश सिग्देल

बुधबार, ०७ पुस २०७८, १६ : ५१
रंगशाला बनाउँछु भन्दै करोडौ उठाएका धुर्मुसले विद्युतको ८ लाख बक्यौता समेत तिरेनन्,  काटियो लाइन

चितवन । नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले धुर्मुस सुन्तली फाउण्डेसनको लाईन काटिदिएको छ । रामपुर कृषि विश्व विध्यालयको जग्गामा रंगशाला बनाउने भनेर अलपत्र बनाएको फाउण्डेसनले बिद्युतको बिल नतिरेपछि लाईन काटिएको हो ।

धुर्मुसले बिद्युतको बिल समेत नतिरेको पटक पटक तिर्न आग्रह गर्दा पनि नतिरेपछि लाईन काट्न बाध्य भएको बिद्युत  प्राधिकरणका ईन्जिनियर राजेन्द्र पौडेलले बताए ।८ लाख ८७ हजार ८ सय १० रुपैया तिर्न बाकी रहेको र त्यो रकम नतिरे सम्म लाईन संन्चालन नहुने उनले जनाए ।

रंगशाला बनाउने भनेर देश बिदेशमा रहेका नेपालीबाट करोडौ रकम उठाएका सिताराम कटेल (धुर्मुस) ले रंगशाला बनाउँन नसकेपछि स्वामित्व महानगरलाई लिन भनेका छन् ।

फाउण्डेसनले १७ करोड रुपैयाँभन्दा बढी ऋण तिर्न बाँकी रहेको महानगरलाई अनुरोध गरेको पत्रमा उल्लेख छ ।काम गर्न नसक्नेले किन नाटक गरेको भनि अहिले धुर्मुस सुन्तली फाउण्डेसन धुर्मुसको काम प्रति सामाजिक संञ्जालमा आलोचना भईरहेको छ । अब बाकि काम महानगरले आफनो स्वामित्वमा ल्याएर गर्ने जनाएको छ ।

अहिले सम्म धुर्मुसले गरेको खर्चकोे प्रमाणिकरण कसरी गर्ने भन्ने बिषयमा छलफल भईरहेको महानगरले जनाएको छ ।रङ्गशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डेसनको दाबी छ । रङ्गशालामा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको यसअघि नै फाउण्डेसनले दाबी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस