काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सुदृढ बन्ने बताएका छन् ।
किरात समुदायको पर्व उधौली तथा नेवाः समुदायले मनाउने योमरी पुन्हिका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रचण्डले समुदायको पहिचान सहितको समृद्धि नै राष्ट्रको उन्नति भएको बताए ।
‘सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ हुन्छ । समुदायको पहिचान सहितको समृद्धि नै राष्ट्रको उन्नति हो’, शुभकामना सन्देशमा भनिएको छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको पनि प्रचण्डले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति हो । यही सांस्कृतिक विविधता सहितको सहिष्णुता नै नेपाली समाजको एकता हो ।’ मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको भन्दै प्रचण्डले यी पर्वहरुले सम्पूर्ण नेपाली जनसमुदायमा आपसी सद्भाव र सहअस्तित्वको भावना विकास गरुन् भन्दै शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ पुस २०७८, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’