नेपाल र अमेरिकामा विशेष प्रदर्शन हुँदै ‘फिच्यो’

सफल खबर संवाददाता

शनिबार, २५ मंसिर २०७८, १३ : २७
नेपाल र अमेरिकामा विशेष प्रदर्शन हुँदै ‘फिच्यो’

काठमाडौं । फिल्म ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ को विशेष प्रदर्शन हुने भएको छ । सार्वजनिक प्रदर्शन अगाडि फिल्मको नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए । ‘स्वदेश तथा विदेशबाट फिल्मको माग भइरहेको छ’ निर्देशक विकासले भने, ‘फिल्मको रिलिज माहोल बन्न नसकेकोले केही विशेष प्रदर्शन गर्न लागेका हौं ।’

फिल्म नेपाली, अङ्ग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको छ । विकासकाअनुसार गुरुङ र तमुहरुको महान चाड ल्होसारको अवसर पारेर पुस ३ गते काठमाडौंको रानीदेवी पार्टी प्यालेस र यही अवसर पारेर अमेरिकामा युनाइटेट गुरुङ एसोसियसन अफ अमेरिका ९युजिएसए० ले फिल्मको विषेश प्रदर्शन गर्न लागेको हो । विषेश प्रदर्शनमा सबैलाई सहभागी हुन विकासले अनुरोध समेत गरेका छन् ।

फिल्ममा विश्वास गुरूङ, इन्द्र घले (काशी), टिकाराम घले, सीतादेवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ, पेम्बा छिरिड शेर्पा, सिर्जना गुरुङ, बिरुप घले  लगायतको अभिनय रहेको छ । 

प्रतिक्रिया दिनुहोस