कोरोना अपडेट : थपिए २६५ संक्रमित, २ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २० मंसिर २०७८, १५ : ५६
कोरोना अपडेट : थपिए २६५ संक्रमित, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २६५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११४ पीसीआर र १ हजार ५०३ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् ।

सोही अवधीमा थप दुईजनाको कोभिड संक्रमणले मृत्यु भएको छ । ३५७ जना निको भएका छन् ।सक्रिय संक्रमित संख्या ६ हजार ३८६ जना छन् । १ लाख ६६ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा उच्च छ ।

सुनसरी, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके र कैलालीमा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ । मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र सल्यानमा संक्रमण शून्य छ ।

काठमाडौं जिल्लामा सोमबार ७९ जना, भक्तपुरमा १० जना र ललितपुरमा २३ जना संक्रमित थपिएका छन् ।कूल संक्रमित संख्या ८ लाख २२ हजार ८३० ९पीसीआर परीक्षण गर्दा० पुष्टि भएका छन् भने ९५ हजार ६१९ एन्टीजेन परीक्षणमा पुष्टि भएका छन् । निको हुने संख्या ८ लाख ४ हजार छ । कूल मृत्यु हुने संख्या ११ हजार ५४३ छ ।

प्रतिक्रिया दिनुहोस