कोरोना अपडेट : थप २४६ जनामा संक्रमण, मृत्यु हुनेको संख्या शून्य

सफल खबर संवाददाता

शुक्रबार, १७ मंसिर २०७८, १६ : ११
कोरोना अपडेट : थप २४६ जनामा संक्रमण, मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ४०० र एन्टिजेन विधिबाट १ हजार ४३६ जनामा परिक्षण गर्दा २४६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २२ हजार १७२  र एन्टिजेनबाट ९५ हजार ५६९ जना पुगेको छ ।  

यस्तै, आज थप ३४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३ हजार ७१३ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप कसैको पनि मृत्यु भएको जानकारी छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५३५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ रहेको छ । 

प्रतिक्रिया दिनुहोस