करिश्माले पास गरिन् कक्षा १२, ल्याइन ‘ए प्लस’

सफल खबर संवाददाता

शुक्रबार, १७ मंसिर २०७८, १५ : १३
करिश्माले पास गरिन् कक्षा १२, ल्याइन ‘ए प्लस’

काठमाडौं । नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छिन् । शुक्रबार भएको नतिजाअनुसार उनले ए प्लस ग्रेड ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् । 

राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको थियो ।  नायिका मानन्धरले गोदावरीस्थित किटिनी माविबाट कक्षा १२ को परीक्षा दिएकी थिइन् । 

कक्षा १२ नतिजा राम्रो आएकोमा खुसी व्यक्त गर्दै मानन्धरले घर नजिकको कलेज भएकाले अवको थप अध्ययन पनि यही कलेजमा गर्ने प्रतिक्रिया दिइन् । 

प्रतिक्रिया दिनुहोस