नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारण सभा सम्पन

सफल खबर संवाददाता

शुक्रबार, १७ मंसिर २०७८, १२ : ००
नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारण सभा सम्पन

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल)ले ३५ औं वार्षिक साधारण सभा सम्पन गरेको छ । शुक्रवार बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग,काठमाडौंमा साधारण सभा सम्पन भएको हो  । सभामा आर्थिक वर्ष २०७७÷७८ मा बैंकका प्रमुख उपलब्धीहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो । सभामा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले १६ प्रतिशत कुल लाभांश वितरण गरिने जानकारी दिए । जसमध्ये १२ .६११ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ३.३८९ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ ।

यस वर्ष बैंकले रु ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंकको खुद नाफा ३.५५ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १८.३० अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७/७८  मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल रु. १६८ अर्बबाट वृद्धि भइ १७९ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको रु. १४० अर्बबाट वृद्धि भइ रु. १६२ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रतिक्रिया दिनुहोस