माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधि छनौट

सफल खबर संवाददाता

विहीबार, १६ मंसिर २०७८, २० : ३८
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधि छनौट

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधि छनोट गरेको छ । बिहीबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले श्रीकृष्ण अधिकारी विवेक (नुवाकोट), गगन खड्का (जाजरकोट), पारसमणी (रुकुम पश्चिम) र रत्न ढकाललाई चयन गरेको छ ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार अन्यप्रतिनिधहरुमा नरेन्द्र न्यौपाने, सन्तोष बिष्ट, रन्जित तामाङ, तिलकराज भण्डारी, सुरेन्द्र बस्नेत, दिपक देवकोटा र विजय गौतम रहेका छन् । माओवादीको स्थायी कमिटी बैठक शुक्रबार पनि बस्ने भएको छ । सो पार्टीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म राजधानीमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस