माओवादी केन्द्रको सम्मेलन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा, पार्टी सदस्य ७ लाख नाघे

सफल खबर संवाददाता

विहीबार, १६ मंसिर २०७८, १८ : ४५
माओवादी केन्द्रको सम्मेलन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा, पार्टी सदस्य ७ लाख नाघे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलन काठमाडौंको प्रज्ञा प्रतिष्ठानको भवनमा गर्ने निर्णय गरेको छ । माओवादीको स्थायी कमिटीको बिहीबारको बैठकले पुस ११ देखि १३ गतेसम्म आयोजना हुने राष्ट्रिय सम्मेलन काठमाडौंको प्रज्ञा भवनमा आयोजना गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 

CG Hills

‘स्थायी कमिटीको बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ’ महराले भने । प्रवक्ता महराले हालसम्म पार्टी सदस्य संख्या ७ लाख ६ हजार ५०० पुगेको पनि जानकारी दिए । उनले पार्टी सदस्य संख्या ८ लाख पुग्ने अनुमान गरिएको बताए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वडा अधिवेशन सफलताका साथ सम्पन्न भएको निष्कर्ष निकालेको महराले जानकारी दिए । कतिपय पालिकाहरूमा भने अधिवेशन स्थगित भएपनि शुक्रबारसम्म सक्ने तयारी भएको जानकारी प्राप्त भएको उनले बताए ।
त्यस्तै, मंसिर २५ गते सातवटै प्रदेश कमिटीको प्रदेश सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहालले २५ गते दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको पनि प्रवक्ता महराले बताए। माओवादी स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस