मेसीले जिते सातौं पटक बालोन डी-ओर अवार्ड

एजेन्सी

मंगलबार, १४ मंसिर २०७८, ०७ : ५१
मेसीले जिते सातौं पटक बालोन डी-ओर अवार्ड

काठमाडौँ । लियोनल मेसीले सोमबार कीर्तिमान सातौं पल्ट बेलन डे’अर जितेका छन् । 

बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै सन् मंगलबार बिहान उनले सन् २०२१ को बालोन डी-ओर अवार्ड हात पारेका हुन् । पहिलोपटक अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएका मेसी यसै वर्ष बार्सिलोनाबाट पिएसजी पुगेका हुन् ।

व्यक्तिगत रूपमा उनको खेल जीवन यो वर्ष उतारचढावपूर्ण रह्यो, तर उनले अर्जेन्टिनाका लागि कोपा अमेरिका भने जिते । अर्जेन्टिनी मेसीले यही उपाधिका कारणले आफूले बेलन डे’अर जितेको पनि मानेका छन् । उनले यो अवार्ड सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा पनि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस