ललितपुर कांग्रेस सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी

सफल खबर संवाददाता

आइतबार, १२ मंसिर २०७८, १६ : १६
ललितपुर कांग्रेस सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी

काठमाडौं । नेपाली कांग्रेस ललितपुर सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले अर्का प्रतिस्पर्धी रामकृष्ण चित्रकारलाई १२ मतान्तरले पराजित गरेका हुन् ।

आइतबार भएको दोस्रो चरणको मतदानमा श्रेष्ठले ६ सय ६५ र चित्रकारले ६ सय ५३ मत पाएका छन् । श्रेष्ठलाई देउवा समूहका जितजंग बस्नेत, उदयशमशेर जबरालगायतको समर्थन थियो ।

चित्रकारलाई वर्तमान सभापति मदन अमात्यलगायतले साथ दिएका थिए ।शनिबार भएको जिल्ला कार्यसमितिको निर्वाचनमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पहिलो र दोस्रो मत ल्याउने चित्रकार र श्रेष्ठबीच प्रतिस्पर्धा  भएकाे हाे । शनिबार भने चित्रकारले पाँच सय चार, श्रेष्ठले चार सय ८२ र महर्जनले तीन सय ३२ मत ल्याएका थिए । 

प्रतिक्रिया दिनुहोस